विराटनगर उड्नै लाग्दा सौर्य एयरलाइन्सको विमानमा समस्या, यात्रुलाई झारियो

हिमाल प्रेस १७ फागुन २०७९ १२:१०
72
SHARES
विराटनगर उड्नै लाग्दा सौर्य एयरलाइन्सको विमानमा समस्या, यात्रुलाई झारियो

काठमाडौँ- सौर्य एयरलाइन्सको विमानमा प्राविधिक समस्या आएको छ। काठमाडौँ-विराटनगर उड्ने विमानमा प्राविधिक समस्या आएपछि यात्रुलाई ओरालेर ‘डिपार्चर’ कक्षमा राखिएको छ।

उडान नम्बर ७२३ को सो विमानमा बिहान ११ बजेर ३७ मिनेटमा समस्या आएको हो। विमानले धावनमार्ग छाड्न लाग्दा प्राविधिक समस्या आएको यात्रुहरूले बताएका छन्।

यात्रुहरूका अनुसार धावनमार्गमा विमानले एक फन्को लगाएर जमिन छाड्नै लाग्दा घर्‍याक्क आवाज आएको थियो। त्यसपछि विमान पार्किङतर्फ फर्काइएको थियो।

प्राविधिक समस्या समाधान भएपछि विमान पुनः उडाइने बताइएको छ।

विमानबाट ओरालिएका यात्रुहरू।
प्रकाशित: १७ फागुन २०७९ १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =