कांग्रेसको पदाधिकारी बैठक बस्दै

हिमाल प्रेस १७ फागुन २०७९ ९:०६
8
SHARES
कांग्रेसको पदाधिकारी बैठक बस्दै फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। बैठक ९ बजे, पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको हो।

राष्ट्रपति निर्वाचन र सरकारमा सहभागिताको विषयमा छलफल गर्न बैठक बोलाइएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए। कांग्रेसबाट नेता रामचन्द्र पौडेल राष्ट्रपतिका उम्मेदवार छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति निर्वाचनमा कांग्रेसलाई साथ दिने निर्णय गरेपछि सत्तारुढ गठबन्धन भत्किएको छ। प्रमुख सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संसद्‌मा विश्वासको मत लिनुपर्ने भएको छ। सरकारले विश्वासको मत लिने विषयमा पनि कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा छलफल हुने बताइएको छ।

प्रकाशित: १७ फागुन २०७९ ९:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − nine =