मौसममा बदली, वर्षाको सम्भावना

हिमाल प्रेस १७ फागुन २०७९ ७:०५
2
SHARE
मौसममा बदली, वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- देशका केही भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।

देशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

विभागका अनुसार आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भूभागमा बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको र थोरै स्थानमा हिमपातको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित: १७ फागुन २०७९ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − eighteen =