८ क्याम्पसमा हुन सकेन स्ववियु चुनाव

हिमाल प्रेस २९ फागुन २०७९ ८:१८ | Monday, March 13, 2023
८ क्याम्पसमा हुन सकेन स्ववियु चुनाव त्रिभुवन विश्वविद्यालय (त्रिवि) कीर्तिपुर।

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत त्रिविका विभिन्न ८ क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया सुरु हुन सकेको छैन। विवादका कारण त्रिविको आंगिकतर्फका ८ क्याम्पसमा निर्वाचन प्रक्रिया अवरुद्ध भएको हो।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले विद्यार्थी संगठनबीच भर्नाका विषयमा विवाद भएको कारणले निर्वाचन प्रक्रिया रोकिएको बताए।
उनका अनुसार काठमाडौं उपत्यकामा त्रिचन्द्र क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्ज, सिद्धनाथ विज्ञान बहुमुखी क्याम्पस महेन्द्रनगर, विश्वभाषा क्याम्पस र आयुर्वेद क्याम्पस तथा उपत्यकाबाहिरका पृथ्वीनारायण क्याम्पस पोखरा, धवलागिरि क्याम्पस बागलुङ र वीरेन्द्र क्याम्पस चितवनमा निर्वाचन प्रक्रिया अवरुद्ध भएका छन्।

हाल अवरुद्ध भएको क्याम्पसको भर्ना विवाद हल गरेर निर्वाचन प्रक्रिया अगाडि बढाउन क्याम्पस प्रमुखहरुलाई निर्देशन दिइसकेको उनको भनाइ छ ।

प्रकाशित: २९ फागुन २०७९ ८:१८ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast