७२ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

हिमाल प्रेस १० चैत २०७९ १०:०२ | Friday, March 24, 2023
७२ जना प्रहरीलाई ट्राफिक नियन्त्रण तालिम

काठमाडौँ- काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ७२ जना प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ।

 बिहीबार  सम्पन्न कार्यक्रममा कार्यालय प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरीले तालिम समापन गर्दै प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिन्।

उक्त अवसरमा प्रहरी नायब महानिरीक्षक चौधरीले आफ्नो आचरण र व्यवहारमा सुधार गर्दै संगठनको छवि तथा गरिमा उच्च हुने गरी जनअपेक्षा अनुरूप काम गर्न प्रशिक्षार्थीहरुलाई निर्देशन दिइन्।

कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक अनिलकुमार उप्रेतीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत माघ १० गतेदेखि सञ्चालित उक्त तालिममा प्रहरी सहायक हवल्दार १६ जना र प्रहरी जवान ५६ जना गरी जम्मा ६९ जना प्रशिक्षार्थीहरूले तालिम हासिल गरेको जानकारी दिए।

प्रकाशित: १० चैत २०७९ १०:०२ | Friday, March 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast