१८ अंकले घट्यो नेप्से, परिसूचक १९१५ बिन्दुमा

हिमाल प्रेस ९ चैत २०७९ १५:३० | Thursday, March 23, 2023
१८ अंकले घट्यो नेप्से, परिसूचक १९१५ बिन्दुमा

काठमाडौँ- मौद्रिक नीतिको समीक्षापछि घट्न थालेको सेयर बजारले अझै लय समात्न सकेको छैन।
साताको अन्तिम कारोबार दिन बिहीबार १८.१५ अंकले बजार घटेको छ। पुस महिनामा २५०० को बिन्दुमा पुगेको बजार अहिले १९१५ मा झरिसकेको छ।

मौद्रिक समिक्षामार्फत चाहेको नीति परिमार्जन नहुँदा निराश लगानीकर्ताको मनोविज्ञानले बजार अझै अनुकूल हुन सकेको छैन। त्यसका साथै लघुवित्त संस्थाप्रति राष्ट्र बैंकको कडाइले सेयर बजार थप प्रभावित बन्न पुगेको छ। जसले हरेक दिन बजार फराकिलो अंकले झर्न थालेको छ।

बिहीबार कारोबार भएकामध्ये १७९ कम्पनीको मूल्य घटेको छ। २८ कम्पनीको मूल्य बढेको छ भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।

आज माया खोला हाइड्रोपावर र एसियन हाइड्रोपावरको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ। बिहीबार सबै उपसमूहको सूचक घटेको छ।

प्रकाशित: ९ चैत २०७९ १५:३० | Thursday, March 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast