१२ अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने पाँच कम्पनी

हिमाल प्रेस १४ चैत २०७९ १५:१८ | Tuesday, March 28, 2023
१२ अंकले बढ्यो नेप्से, यी हुन् सर्वाधिक कमाउने पाँच कम्पनी

काठमाडौँ- मंगलबार सेयर बजार परिसूचक (नेप्से) १२.४१ अंकले बढेको छ। लामो समय ओरालो लागेको बजार सोमबार १७ अंकले बढेको थियो। आज परिसूचक १९१८.४१ बिन्दुमा पुगेको छ।

आज कारोबार भएकामध्ये १४२ कम्पनीको मूल्य बढेको छ। यसमध्ये सुपर माई हाइड्रोपावर, सिर्जनशील लघुवित्त र एसियन हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। मंगलबार महिला लघुवित्त र नेरुडे लघुवित्तको सेयर मूल्य पनि बढ्नेमध्ये शीर्ष पाँचमा पर्‍यो।

मंगलबार लघुवित्तप्रति लगानीकर्ता झुम्मियो। यो उपसमूहको सूचक ३.४८ प्रतिशतले बढ्यो। त्यस्तै सामूहिक लगानी कोषको सूचक २.५३ प्रतिशतले बढेको छ।

कारोबार रकमका हिसाबले आज आइएमई जनरल इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो। यसको ६ करोड १५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो।

दोस्रो स्थानमा रहेको हिमालयन डिस्टिलरी लिमिटेडको सेयर ५ करोड ९७ लाख र तेस्रोमा रहेको शिवम् सिमेन्टको ४ करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ।

आज कुल २५८ कम्पनीको ४० लाख ७७ हजार कित्ता खरिदबिक्री हुँदा १ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भयो।

प्रकाशित: १४ चैत २०७९ १५:१८ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast