१० दलीय गठबन्धनको बैठक निष्कर्षविहीन

हिमाल प्रेस १ चैत २०७९ २०:१६ | Wednesday, March 15, 2023
१० दलीय गठबन्धनको बैठक निष्कर्षविहीन

कठमाडौँ- १० दलीय गठबन्धनको बैठक बिनानिष्कर्ष सकिएको छ। बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको १० दलीय गठबन्धन बिनानिष्कर्ष सकिएको हो।

बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल भएको नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए।

१० दलका बीचमा सकारात्मक रूपमा बैठक सकिएको र बिहीबार फेरि बैठक बसेर निर्णय गरिने बस्नेतले बताए। ‘उपराष्ट्रपति निर्वाचनका लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भयो,’ उनले भने, ‘छलफल सकारात्मक भएको छ। भोलि यो विषयमा बसेर निर्णय हुनेछ।’

सत्तागठबन्धन दलबीच मन्त्रालय भागबण्डा र मन्त्रिपरिषाद्‍ विस्तारलगायत विषयमा पनि बैठकमा छलफल भएको उनले बताए।

प्रकाशित: १ चैत २०७९ २०:१६ | Wednesday, March 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast