स्ववियु निर्वाचन : सुकुना बहुमुखी क्याम्पसमा अनेरास्ववियूका लिम्बू निर्वाचित

हिमाल प्रेस ७ चैत २०७९ १३:०५ | Tuesday, March 21, 2023
स्ववियु निर्वाचन : सुकुना बहुमुखी क्याम्पसमा अनेरास्ववियूका लिम्बू निर्वाचित

विराटनगर- मोरङको सुकुना बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूका सन्तोष लिम्बू निर्वाचित भएका छन्।

लिम्बूले १ हजार ३ सय ८२ मत ल्याएर नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्वियुका मनोज कार्कीलाई ६५७ मतले पराजित गरेका हुन्।

यसअघि २०७३ सालमा भएको स्ववियु निर्वाचनमा पनि लिम्बू विजयी भएका थिए। सुकुना क्याम्पसमा आइतबार मतदान भएको थियो। स्ववियु सचिवमा अनेरास्ववियुका एलिस ओझा र कोषाध्यक्षमा अखिल क्रान्तिकारीका सतिस कार्की निर्वाचित भएका छन्।

प्रकाशित: ७ चैत २०७९ १३:०५ | Tuesday, March 21, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast