स्ववियु निर्वाचनको प्रचारको अन्तिम दिन आज

हिमाल प्रेस २ चैत २०७९ ८:१९ | Thursday, March 16, 2023
स्ववियु निर्वाचनको प्रचारको अन्तिम दिन आज

काठमाडौँ- स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावका लागि विद्यार्थी संगठनले प्रचारप्रसार तीव्र पारेका छन्। ठूला आंगिक क्याम्पसमा विद्यार्थी संगठनहरूले आ–आफ्नो पक्षमा प्रचारप्रसारलाई तीव्र दिएका हुन्।

स्ववियु निर्वाचन आचारसंहिताअनुसार आज बिहीबार प्रचारप्रसारको अन्तिम दिन हो। उम्मेदवारले आज राति १२ बजेसम्ममात्र प्रचारप्रसार गर्न पाउने आचारसंहितामा उल्लेख छ। प्रचारप्रसार गर्न रंगरोगन र कुनै पनि प्रकारको पोस्टर टाँस्न नपाइने गरी यसअघि आचारसंहिता जारी भएको थियो।

त्रिवि केन्द्रीय क्याम्पस, अमृत साइन्स क्याम्पस, शंकरदेव क्याम्पस, नेपाल ल क्याम्पस, नेपाल कर्मस क्याम्पसलगायत ठूला क्याम्पसमा चुनाव प्रसारप्रसार तीव्र छ।

केही क्याम्पसमा भर्ना विवादका कारण चुनावी प्रक्रिया रोकिएको छ। काठमाडौं उपत्यकाका त्रिचन्द्र क्याम्पस, आरआर क्याम्पस, पाटन संयुक्त क्याम्पस विश्व भाषा क्याम्पसमा प्रक्रिया अगाडि बढ्न सकेको छैन।

स्ववियु चुनाव हुने क्याम्पसमा भने सुरक्षा व्यवस्थाका लागि आवश्यक तयारी गरिएको छ। अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। स्ववियु चुनावका लागि मतदान चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिएको छ।

प्रकाशित: २ चैत २०७९ ८:१९ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast