स्याउमा रोग लाग्दा किसान चिन्तित

हिमाल प्रेस ३ चैत २०७९ ११:०९ | Friday, March 17, 2023
स्याउमा रोग लाग्दा किसान चिन्तित

जुम्ला- स्याउका बिरुवामा रोग कीरा लाग्दा जुम्लाका किसान चिन्तित बनेका छन्। जुम्ली किसानको मुख्य आम्दानीको स्रोत स्याउ भएकाले उत्पादनमा कमी आउने हो कि भनेर स्याउ किसानलाई चिन्तित बनाएको तिला गाउँपालिका–१ का नर रावतले बताए।

‘कीराको संक्रमण स्याउ बगैँचमा फेला पर्ने बित्तिकै कृषि प्राविधिकको परामर्श लिने गरेको छु। सिँचाइ, मलखादको चिन्ता छैन। रोग कीराबाट स्याउका बिरुवा कसरी जोगाउने भन्ने चिन्ताले पिरोलिरहेको छ,’ तिला गाउँपालिका–२ स्याउ किसान दलबहादुर रावतले जानकारी दिए।

स्याउ किसान रावतले भने, ‘वर्षैपिच्छे कुनै न कुनै रोग कीराको संक्रमण भइरहेको हुन्छ। त्यसैले वर्षभरि नै रेखदेख गरिराख्नुपर्छ।’ बगैँचामा गत वर्ष भुवादार लाइकीरा र कत्ले कीराको प्रकोप देखिएको थियो । तर समयमै पत्ता लागेकाले विषादी प्रयोग गरी त्यसलाई निर्मूल पारेको स्याउ किसान रावतको भनाइ छ।

जिल्लाका अधिकांश स्याउ बगैँंचाका बोटमा सो समस्या देखापरेको जनगुनासो आउने गरेको यहाँका स्थानीय तहका कृषि शाखाले जनाएका छन्। जुम्ली स्याउमा बर्सेनि रोग कीराको संक्रमण देखिँदा उत्पादनमा ह्रास आएको तातोपानी गाउँपालिकाका स्थानीयवासी पूर्णप्रसाद चौलागाईँ जानकारी दिए।

बागवानी अनुसन्धान केन्द्र जुम्लाका अनुसार स्याउको बिरुवा रोप्नु पहिले भाले र माउ जातको स्याउको बिरुवा स्पष्टरूपमा छुट्याउनुपर्ने जनाएको छ।

जिल्ला कृषि विकास कार्यालय जुम्लाका अनुसार हरेक वर्ष रोग कीराका कारण करिब ४० प्रतिशत स्याउका बिरुवा नष्ट हुने गरेको कार्यालय प्रमुख गणेश अधिकारीले जानकारी दिए। जिल्लाभरि चार हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा स्याउखेती गरिएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ।

प्रकाशित: ३ चैत २०७९ ११:०९ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast