स्थानीय तह र जिल्लाको सांगठनिक समस्या समाधान गर्न राप्रपाले बनायो समिति

हिमाल प्रेस ३ चैत २०७९ १३:११ | Friday, March 17, 2023
स्थानीय तह र जिल्लाको सांगठनिक समस्या समाधान गर्न राप्रपाले बनायो समिति

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले जिल्ला तथा स्थानीय समितिहरू निष्क्रिय रहेको, केही जिल्ला र कमिटीहरूमा आन्तरिक विवाद र समस्या समाधानका लागि समिति बनाएको छ।  विभिन्न कारण सांगठनिक गतिविधि अघि बढाउन कठिनाइ भइरहेको गुनासोको समाधानका लागि राप्रपाले समिति गठन गरेको हो।

जिल्ला र स्थानीय कमिटीको समस्याको पहिचान र समाधानका लागि अध्ययन र छानबिन गरी १५ दिनभित्र सुझाव पेस गर्न निर्देशन समितिको बैठकद्वारा पार्टीको सल्लाहकार समितिका अध्यक्ष निरञ्जन थापाको संयोजकत्वमा गठित निष्क्रिय एवं आन्तरिक समस्या समाधान तथा समन्वय समितिमा सदस्य थप गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन्।

समितिको सदस्य सचिवमा वरिष्ठ अधिवक्ता केन्द्रीय सदस्य राजु बस्नेत, सदस्यहरूमा महामन्त्री प्रह्लाद शाह, सह महामन्त्री त्रय प्रकाश रिमाल, रवीन्द्र प्रताप शाह, झनक प्याकुरेल र केन्द्रीय सदस्य पवित्रा सुब्बा श्रेष्ठ रहेका छन्।

प्रकाशित: ३ चैत २०७९ १३:११ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast