सेनाको अगुवाईमा ‘सफा हिमाल अभियान २०२३’ सुरु

हिमाल प्रेस १४ चैत २०७९ २१:०३ | Tuesday, March 28, 2023
सेनाको अगुवाईमा ‘सफा हिमाल अभियान २०२३’ सुरु

काठमाडौँ- नेपाली सेनाको अगुवाईमा ‘सफा हिमाल अभियान २०२३’ सुरु गरिएको छ। मंगलबार प्रधान सेनापति प्रभुराम शर्माको आतिथ्यमा अभियान सुरु गरिएको हो।

जैविक विविधता तथा पर्यावरण संरक्षण गर्ने उद्देश्यले अभियान सुरु गरिएको नेपाली सेनाले जानकारी दिएको छ। मंगलबार अभियानको सुरुवातका लागि आयोजना गरिएको समारोहमा प्रधान सेनापति शर्माले गत वर्ष ‘सफा हिमाल अभियान २०२२’मा योगदान पुर्‍याउने व्यक्तिहरूलाई प्रशंसापत्र प्रदान गरे।

साथै गतवर्षको अभियानको नेतृत्वकर्तालाई अभियानको झण्डा पनि हस्तान्तरण गरिएको थियो। अभियानमा वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, कोकाकोला फाउन्डेसन, सूर्य नेपाल प्रालि, युनिलिभर नेपाल, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रमलगायतको सहयोग रहेको छ।

प्रकाशित: १४ चैत २०७९ २१:०३ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast