सुर्खेतमा घाँटी रेटिएको अवस्थामा शव फेला

हिमाल प्रेस ३० फागुन २०७९ २०:३६ | Tuesday, March 14, 2023
सुर्खेतमा घाँटी रेटिएको अवस्थामा शव फेला

सुर्खेत- सुर्खेतमा एक युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका- १० बुदबुदीमा मंगलबार युवाको शव फेला परेको हो।

पहिचान खुल्न नसकेका युवाको शव घाँटी रेटिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक लक्ष्मण शाहीले घटनाबारे अनुसन्धान भइरहेको बताए।

प्रकाशित: ३० फागुन २०७९ २०:३६ | Tuesday, March 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast