सुर्खेतका ३ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

हिमाल प्रेस ५ चैत २०७९ १९:४२ | Sunday, March 19, 2023
सुर्खेतका ३ क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी

सुर्खेत– त्रिभुवन विश्वविध्यालयअन्तर्गत सुर्खेतका ३ वटा क्याम्पसमा एमाले निकट अनेरास्ववियुको प्यानल नै निर्वाचित भएको छ। वीरेन्द्रनगरमा रहेको अमरदीप क्याम्पसमा अनुपम ढकालको प्यानल विजयी भएको छ।

यस्तै सिम्ता गाउँपालिकामा रहेको सिम्ता बहुमुखी क्याम्पसमा अनेरास्ववियुका घनश्याम रेग्मीको पुरै प्यानल विजयी भएको छ। प्रतिद्वन्द्वी नेविसंघका खगेन्द्र सापकोटा लाई ८ मतको अन्तरले पछि पार्दै रेग्मी निर्वाचित भएका हुन्।

यस्तै हिम शिखर बहुमखी क्यामपस रामघाट पनि अनेरास्ववियुकी सृजना रसायलीको नेतृत्वमा निर्विरोधरुपमा स्ववियुको नेतृत्व चयन भएको छ।

सुर्खेत बहुमुखी क्यामपसमा सोमबार मतगणना हुने बताइएको छ।

प्रकाशित: ५ चैत २०७९ १९:४२ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast