सुनसरी बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनको जित

हिमाल प्रेस ६ चैत २०७९ ९:२३ | Monday, March 20, 2023
सुनसरी बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनको जित

इटहरी- सुनसरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा समाजवादी विद्यार्थी युनियनका देवकुमार यादव निर्वाचित भएका छन्।
आइतबार भएको निर्वाचनको अन्तिम मतपरिणामसहित कूल ४७१ खसेको मतमध्ये यादवले २६० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएका हुन्। समाजवादी विद्यार्थी युनियन  जनता समाजवादी पार्टीनिकट संगठन हो।

निकटतम प्रतिद्वन्दी नेपाल विद्यार्थी संघ (नेविसंघ) का नन्दन गुप्ताले १९९ मत प्राप्त गरे ।
यस क्याम्पसमा समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, लोकतान्त्रिक विद्यार्थी संघ र प्राज्ञिक विद्यार्थी समूहको तालमेल थियो।

यस्तै, सचिवमा अनेरास्ववियुका दिब्सन कार्की निर्वाचित भएका छन् । उनले २३४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेविसंघका सुदीप कुमार मेहताले २१८ मत प्राप्त गरे।

कोषाध्यक्षमा लोकतान्त्रिक विद्यार्थी संघकी आरती मेहताले २२४ मत प्राप्त गर्दै निर्वाचित भइन्। निकटतम प्रतिद्वन्दी नेविसंघकी अनुकुमारी मण्डलले १७७ मत प्राप्त गरिन्।

यस्तै, सदस्यहरूमा अखिल क्रान्तिकारीका सन्तोष मण्डल, अरुण महतो निर्वाचित भए भने अनेरास्ववियुकी मन्दिरा काफ्ले, प्राज्ञिक विद्यार्थी समूहकी सुस्मिता कुमारी उराँव र नेविसंघका नीरज शर्मा निर्वाचित भएका छन्।

प्रकाशित: ६ चैत २०७९ ९:२३ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast