 
                             
                                            काठमाडौँ- बलिउडका महानायक अमिताभ बच्चन घाइते भएका छन्। उनी फिल्म ‘प्रोजेक्ट के’को छायांकनका क्रममा घाइते भएका हुन्।
अमिताभले स्वयं ब्लग लेखेर प्रशंसकलाई आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी दिएका हुन्। अहिले आफू मुम्बईस्थित आफ्नो घरमा विश्राम गरिरहेका छन्।
‘हैदराबादमा प्रोजेक्ट केको सुटिङका क्रममा एक एक्सन दृश्य गरिरहँदा चोट लागेको छ,’ अमिताभले लेखेका छन्, ‘त्यसैले अहिलेका लागि छायांकन रोकिएको छ।’ आफूलाई हिँड्डुल गर्न गाह्रो भएको उनले बताएका छन्। ‘सास फेर्नसमेत गाह्रो भएको छ,’ उनले लेखेका छन्, ‘केही सातामा सामान्य हुनेछु।’
                            प्रकाशित: २२ फागुन  २०७९ १५:४८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 