काठमाडौँ– कलाकार दीपकराज गिरी र बेनिसा हमाल अभिनित गीत ‘सिरुपाते जुँगामा’ सार्वजनिक भएको छ।
गीत ओएसआर युट्युब च्यानलबाट मंगलबार (आज) सार्वजनिक भएको हो। गीतको भिडियोमा दीपकराज गिरी र बेनिसा हमाल रोमान्टिक भूमिकामा देखिएका छन्। साथै गीतमा राज आचार्य सुस्मा निरौला, केदार घिमिरेलगायतको अभिनय छ।
यो गीतका गायक हुन बबुल गिरी। शंकर अधिकारी (घायल) को शब्द रहेको गीतमा गायक गिरीकै संगीत रहेको छ भने संगीत संयोजन पनि उनकै छ।
यो फिल्म ‘छक्कापञ्जा ४’ को दोस्रो गीत हो। पहिलो गीत ‘दर्शन सलाम’ निकै चर्चित छ। हेमराज बिसी निर्देशित यो फिल्म फागुन १९ गतेदेखि देशभर प्रदर्शन भइरहेको छ।
प्रकाशित: २३ फागुन २०७९ १६:२९ | Tuesday, March 7, 2023
प्रतिक्रिया



