काठमाडौँ- सिद्धार्थ बैंकले विद्यालयलाई सहयोग गरेको छ। बैंकले गण्डकी प्रदेशमा नवनिर्मित भवन उद्घाटनको अवसरमा अमरसिंह माध्यमिक विद्यालयलाई २० थान कम्प्युटर सहयोग गरेको हो।
साथै विद्यालयको बहुउद्देशीय हल निर्माणमा पनि सहयोग गरिएको बैंकले जानकारी दिएको छ। बैंकले गण्डकी प्रदेशमा नवनिर्मित भवनको उद्घाटन मंगलबार उद्घाटन गरेको हो।
मंगलबार बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडियाले भवनको उद्घाटन गरेका हुन्। कार्यक्रममा सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतलगायत बैंकका उच्चपदस्थ अधिकारीहरूको उपस्थिति थियो।
बैंकले विगत १६ वर्षदेखि पोखरा–८ सभागृह चोकबाट सेवा प्रदान गर्दै आएको पोखरा शाखालाई पनि मंगलबार उद्घाटन गरिएकै भवनमा सारेको छ।
                            प्रकाशित: १४ चैत  २०७९ १८:१७ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             
                                             
                                             
                                             

