साहाराविहीन बालबालिकालाई पढाउँदै विदेशी

हिमाल प्रेस ११ चैत २०७९ ७:५० | Saturday, March 25, 2023
साहाराविहीन बालबालिकालाई पढाउँदै विदेशी सांकेतिक तस्बिर।

दाङ- तुलसीपुरस्थित दिदी घरमा आश्रय लिएका बालबालिकालाई डेनमार्कका नागरिकले अंग्रेजी सिकाउन थालेका छन्।

तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित ‘बोइज शाखा’मा दुई जना डेनमार्कका नागरिक ल्याएर बालबालिकालाई अंग्रेजी सिकाउन थालिएको संस्थाका अध्यक्ष स्यानी चौधरीले बताइन्। ‘बालबालिकाको अंग्रेजी शिक्षा राम्रो बनाउन मैले डेनमार्कबाट दुई जनालाई बोलाएकी हुँ’, उनले भने, ‘उहाँहरू दुई महिना बसेर शिक्षा दिनुहुनेछ।’

अहिले संस्थाले १० छात्रलाई बखरियामा राखेको छ भने तुलसीपुर–६ डुम्रीगाउँमा २२ छात्रालाई राखिएको छ । थोमस र एडमले बालबालिकालाई शिक्षा दिइरहेका छन्। उक्त संस्थाले साहाराविहीन बालबालिकालाई आश्रय दिइरहेको छ।

प्रकाशित: ११ चैत २०७९ ७:५० | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast