 
                             
                                            काठमाडौँ- गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको ‘स्पेसल नाइट विद कालीप्रसाद बाँस्कोटा’ हुने भएको छ। काठमाडौँ, ठमेलमा रहेको सञ्चयकोष चोकमा खुलेको नयाँ क्लब ‘क्लब ओम्निया’मा आगामी चैत १७ मा उनले सांगीतिक प्रस्तुति दिनेछन्।
कार्यक्रममा बाँस्कोटाले नयाँ ब्यान्ड ‘साथीभाइ’सँग लाइभ गीत गाउनेछन्। गायकले ‘अजम्बरी माया पिरती’, ‘निरा’, ‘ओखती’, ‘बाटुली’, ‘लप्पन छप्पन’, ‘इन्स्टाको फोटो’ र ‘पंक्षी’ लगायत लोकप्रिय गीत सुनाउनेछन्। साथै ‘साथीभाइ’ ब्यान्डसँग ‘माया रैछ र’ गीत पनि पहिलोपटक लाइभ गाउनेछन्।
पीभीई नेटवर्कको प्रस्तुति र डेभिल्स ग्रुपको सहकार्यमा हुन लागेको कार्यक्रमको टिकट ‘आफ्नोटिकटडटकम’मा उपलब्ध छ। पछिल्लो समय गायक, गीतकार, संगीतकारका रूपमा रुचाइएका छन्, बाँस्कोटा। उनी ‘सारेगमप’ तथा ‘नेपाल आइडल’का तीन संस्करणका निर्णायक पनि हुन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 