सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया सरकारको सहयोग

हिमाल प्रेस २ चैत २०७९ २१:३८ | Thursday, March 16, 2023
सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया सरकारको सहयोग

काठमाडौँ- काठमाडौँमा सांगीतिक कार्यक्रम गर्न अष्ट्रेलिया सरकारले सहयोग गर्ने भएको छ। शनिबार काठमाडौँको टुँडीखेलमा हुने सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया सरकारले सहयोग गर्ने भएको हो।

शनिबार साँझ ५ बजे टुँडीखेलमा काठमाडौँ महानगरपालिका, अटिजम केयर नेपाल सोसाईटी र प्रख्यात नेपाली रक सांगीतिक समूह १९७४ एडीलगायतको सहकार्यमा सांगीतिक कार्यक्रम हुन लागेको हो।

अटिजमसम्बन्धी जनचेतना फैलाउने र मस्तिष्क विकाससम्बन्धी भिन्नता भएकाहरूको उत्सव मनाउने उद्देश्यले हुन लागेको कार्यक्रमलाई सहयोग गर्न पाउँदा गौरव लागेको नेपालस्थित अष्ट्रेलियाली दूतावासले बताएको छ।

नेपालमा करिब तीन लाख बालबालिकामा अटिजम रहेको अनुमान छ। समयमै वावतारण बनाउन सकेमा अटिजम भएका बालबालिकाहरूको सिकाईमा सुधार ल्याउन, सञ्चार सीपको विकास गर्न र मस्तिष्क विकासमा समेत सकारात्मक प्रभाव पार्न सकिने विज्ञहरू बताउँछन्।

अटिजम केयर नेपाल सोसाईटी (एसीएनएस) का अध्यक्ष डा सुनिता मलेकुले नेपालमा अटिजमको फैलावट ब्यापक रहे पनि यसबारे नेपाली समाजमा एकदम कम छलफल हुने बताइन्।

प्रकाशित: २ चैत २०७९ २१:३८ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast