साँझपख उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना

हिमाल प्रेस ११ चैत २०७९ ७:१३ | Saturday, March 25, 2023
साँझपख उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना फाइल तस्बिर।

काठमाडौँ- आज (शनिबार) पनि देशका पहाडी भेगमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनएको छ।

पहाडी भेगमा पनि आज पानी पर्ने सबैभन्दा बढी सम्भावना सुदूरपश्चिम र कर्णाली प्रदेशमा छ।
अपराह्नपछि साँझपख काठमाडौँ उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना छ।

वर्षा मेघगर्जन/चट्याङसहित हुने मौसम महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति कोशी र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

यसबाहेक राति देशका पहाडी भेगमा आंशिक (आकाशमा थोरै बादल)देखि सामान्य बदली (धेरैजसो आकाशमा बादल) रही देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।

प्रकाशित: ११ चैत २०७९ ७:१३ | Saturday, March 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast