सलमानलाई फेरि ज्यान मार्ने धम्की

हिमाल प्रेस ६ चैत २०७९ १६:०१ | Monday, March 20, 2023
सलमानलाई फेरि ज्यान मार्ने धम्की

काठमाडौँ- बलिउड अभिनेता सलमान खानलाई इमेलमार्फत ज्यान मार्ने धम्की दिइएको भारतीय मिडियाले जनाएका छन्। सलमानलाई धम्कीपूर्ण इमेल पठाएको भन्दै मुम्बई पुलिसले लरेन्स विश्नोई, गोल्डी बराड र मोहित गर्गविरुद्ध मुद्दा दर्ता गरेको छ।

मार्च १८ मा मोहित गर्गको आईडीबाट सलमानलाई इमेल पठाइएको पनि भारतीय सञ्चारमाध्यमले खुलाएका छन्। इमेलमा गोल्डी बराडले सलमानसँग भेटर कुरा गर्न चाहेको बताइएको छ। ‘समयमै सूचना दिएका छौँ, अर्कोपटक चाहिँ ‘झट्का’ लाग्ला,’ इमेलमा भनिएको छ।

इमेलमा ग्याङस्टर लरेन्स विश्नोईको अन्तरवार्ताको पनि उल्लेख गरिएको छ। जसमा उनी सलमानलाई ज्यान मार्ने धम्की दिइरहेका छन्। ‘यस मामिलालाई समाप्त गर्न चाहन्छौँ भने बराडलाई भेटेर कुरा गर,’ इमेलमा लेखिएको छ भनी भारतीय मिडियाले उल्लेख गरेको छ। भनेको नमाने त्यसको परिणाम घातक हुन सक्ने चेतावनी पनि इमेलमा दिइएको छ।

सलमानलाई यसअघि पनि ज्यान मार्ने धम्की दिइएको थियो। धम्कीपूर्ण चिठीमा पंजाबी गायक सिद्धु मुसेवालाजस्तै नियति हुन सक्ने भनिएको थियो। विश्नोई ग्याङले गायक मुसेवालाको हत्या गरेको हो। त्यतिमात्र नभई सलमानको हत्याको प्रयाससमेत भएको थियो। जसमा विश्नोई ग्याङ संलग्न रहेको भन्दै मुम्बई पुलिसले सो ग्याङविरुद्ध मुद्दा दर्ता गरेको थियो।

प्रकाशित: ६ चैत २०७९ १६:०१ | Monday, March 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast