सरकार र मिटरब्याजपीडितबीच दोस्रो चरणको वार्ता जारी

हिमाल प्रेस १७ चैत २०७९ ९:२० | Friday, March 31, 2023
सरकार र मिटरब्याजपीडितबीच दोस्रो चरणको वार्ता जारी

काठमाडौँ- सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच दोस्रो चरणको वार्ता सुरु भएको छ। बिहीबारदेखि सुरु भएको वार्ता आज पनि जारी रहेको हो।

पहिलो वार्ता निस्कर्षबिहीन भएपछि आज बिहानैदेखि सरकार र पीडित पक्षबीच गृह मन्त्रालयमा वार्ता जारी छ। वार्तामा सरकारको तर्फबाट गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्मा र पीडितको तर्फबाट संघर्ष समिति संयोजक मनोजकुमार पासवान रहेका थिए।

बिहीबारको वार्तामा संघर्ष समितिले ९ बुँदे माग सरकारी वार्ता टोलीलाई बुझाएको थियो। आज त्यसमा छलफल गरी निचोड निकाल्ने बताइएको छ।

महोत्तरीबाट पैदल हिँड्दै काठमाडौँ आएर आन्दोलन गरिरहेका मिटर ब्याज पीडितहरूसँग वार्ता गर्न सरकारले चैत १३ गते समिति गठन गरेको थियो।

मिटरब्याज विरुद्धको संघर्ष समिति, नेपालले तमसुक व्यवस्था खारेज गर्न, मिटरब्याज पीडितहरूको पक्षमा कानुन निर्माण गर्न, चेक वा तमसुकबाट लेनदेनको मुद्दा दर्ता भएपछि सम्पत्तिको श्रोत खोजी गरी कानुन निर्माण गर्न माग राखेको छ।

साहुकारहरूको अवैध ठहरिएको सम्पत्ति जसको नामबाट आएको हो उसैको नाममा फिर्ता हुने व्यवस्था वा जसले आफ्नो सम्पत्ति ठगी गरेको दाबी गर्छ उसकै नाममा फिर्ता हुने कानुनी व्यवस्था गर्न माग गरेको छ।

प्रकाशित: १७ चैत २०७९ ९:२० | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast