सरकारी निवास छाड्दै उपराष्ट्रपति

हिमाल प्रेस २ चैत २०७९ ११:४९ | Thursday, March 16, 2023
सरकारी निवास छाड्दै उपराष्ट्रपति

काठमाडौँ- उपराष्ट्रपति नन्दबहादुर पुनले आज (बिहीबार) सरकारी निवास छोड्ने भएका छन्। उपराष्ट्रपतिका लागि भोलि निर्वाचन हुँदै गर्दा पुनले आजै सरकारी निवास छोड्न लागेका हुन्।

पुन लैनचौरस्थित सरकारी निवास छोडेर चन्द्रागिरि नगरपालिका दहचोकमा बनेको आफ्नै घरमा सर्न लागेका हुन्। बिहीबार (२ चैत) दिउँसो १२ बजे सरकारी निवासबाट सर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ । पुनका लागि दहचोकमा निजी निवास निर्माण भइसकेको छ ।

नयाँ उपराष्ट्रपतिको लागि भोलि शुक्रबार (३ चैत) निर्वाचन हुँदैछ । उपराष्ट्रपतिको निर्वाचनअघि नै पुन निजी निवासमा सर्न लागेका हुन् ।

प्रकाशित: २ चैत २०७९ ११:४९ | Thursday, March 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast