काठमाडौँ- एकीकृत समाजवादी निकट अनेरास्ववियू आरआरको सिंगो कमिटी नेकपा एमाले निकट अनेरास्ववियुमा समाहित भएको छ। क्याम्पस कमिटीका बहुसंख्यक पदाधिकारी सहितका विद्यार्थी नेताहरु मूल घरमा फर्किएका हुन् ।
अनेरास्ववियूका स्थायी कमिटी सदस्य सुशील खनाल, मनोज अधिकारी, आरआर क्याम्पसका पदाधिकारीहरू ईश्वर गौतम, ओशन गुरुङ, विवेक गैरे लगायतका आर आर क्याम्पसको बहुसंख्यक कमिटीका सदस्यहरू मूल घरमा फर्किएका अनेरास्ववियुका नेता दिलीप खड्काले जानकारी दिए ।
उनीहरूलाई अनेरास्ववियुका अध्यक्ष समिक बडाल र पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संगठनमा स्वागत गरेका हुन् ।
प्रकाशित: २० फागुन २०७९ ८:४४ | Saturday, March 4, 2023
प्रतिक्रिया



