मूल्यवृद्धि ७.८८ प्रतिशत, पहाडको तुलनामा तराईमा उच्च

हिमाल प्रेस २८ फागुन २०७९ १५:१२ | Sunday, March 12, 2023
मूल्यवृद्धि ७.८८ प्रतिशत, पहाडको तुलनामा तराईमा उच्च

काठमाडौँ- चालू आर्थिक वर्ष २०७९/८० को पहिलो सात महिनामा नेपालको मुद्रास्फिति (मुल्यवृद्धि) दर ७.८८ प्रतिशत रहेको पाइएको छ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको साउनदेखि माघसम्मको वित्तीय अवस्था अनुसार मुद्रास्फिति ७.८८ प्रतिशत रहेको हो।

उक्त मूल्यवृद्धि दर गत आर्थिक वर्षको सोही अवधिको तुलामा बढी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ। गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा नेपालमा ६.२४ प्रतिशत मुद्रास्फिति रहेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रस्फिति ६.१९ प्रतिशत रहेको छ। त्यस्तै गैर खाद्य तथा सेवा समूहको मुद्रास्फिति ९.२२ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार काठमाडौँ उपत्यकाको मुद्रास्फिति उच्च रहेको छ। उपत्यकामा सात महिनाको मुद्रास्फिति ८.४७ प्रतिशत रहेको छ।

पहाड र हिमालको तुलनामा उत्पादन र ढुवानी सजिलो हुने तराईमा मूल्यवृद्धि उच्च रहेको छ। राष्ट्र बैंकका अनुसार तराईमा ७.८२, पहाडमा ७.३० प्रतिशत र हिमालमा ७.९२ प्रतिशत मुद्रास्फिति रहेको राष्ट्र बैंकले जानकारी दिएको छ।

गत वर्षको सोही अवधिमा काठमाडौँ उपत्यकामा ५.४७ प्रतिशत, तराईमा ६.५० प्रतिशत, पहाडमा ६.७१ प्रतिशत र हिमालमा ५.९७ प्रतिशत मुद्रास्फिति रहेको थियो।

प्रकाशित: २८ फागुन २०७९ १५:१२ | Sunday, March 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast