काठमाडौँ- देवी घर्तीमगर र पशुपति शर्माको स्वरमा ‘केही डरै नमान’ बोलको गीत सार्वजनिक भएको छ। गायक पशुपति र माधव तिमल्सिना शब्द रहेको गीतमा पशुपतिलेनै संगीत भरेका छन्। गीत सोमबार सन्तोष केसी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
सामान किन्दा उपभोक्ता सचेत हुनुपर्ने। गुणस्तर र उत्पादन मिति हेरेर सामान किन्नुपर्ने गीतमा सन्देश दिइएको छ। कपिल लामाको निर्देशनमा बनेको गीतको भिडियोमा कलाकार किरण केसी, पल्पसा डङगोल, दमन रुपाखेती, शिवहरि बैरागी, सुशीला निरौला, अनु महर्जन लगायतको अभिनय छ।
प्रकाशित: १३ चैत २०७९ १८:०७ | Monday, March 27, 2023
प्रतिक्रिया




