सत्ता गठबन्धन दलको बैठक : कांग्रेसलाई आठ मन्त्रालय, अन्य दलको भागमा कति?

हिमाल प्रेस १५ चैत २०७९ १८:२७ | Wednesday, March 29, 2023
सत्ता गठबन्धन दलको बैठक : कांग्रेसलाई आठ मन्त्रालय, अन्य दलको भागमा कति?

काठमाडौँ- सत्ता गठबन्धन दलले मन्त्रालयको भागबन्डा टुंग्याएका छन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा गठबन्धन दलका नेताले भागबन्डा टुंग्याएका हुन्।

भागबन्डाअनुसार गठबन्धन तथा संसद्‌कै ठूलो दल नेपाली कांग्रेसले ८, नेकपा माओवादी केन्द्रले ५, नेकपा एकीकृत समाजवादीले २, जसपालाई २ मन्त्रालय दिने सहमति भएको छ। नागरिक उन्मुक्ति पार्टी, लोसपा, आम जनता पार्टी, नेपाल समाजवादीलाई एक/एक मन्त्रालय दिने सहमति भएको छ। अहिले सरकारमा रहेको जनमत पार्टीलाई थप एक राज्यमन्त्री दिने निर्णय भएको हो।

गठबन्धन दलका शीर्ष नेताले बिहीबार बिहान फेरि एकपटक बैठक बसेर यसलाई अन्तिम रुप दिने र नयाँ मन्त्रीको शपथ पनि बिहीबार नै गराउने तयारी गरेका छन्।

प्रकाशित: १५ चैत २०७९ १८:२७ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast