सत्ता गठबन्धनमा जुटेन उपराष्ट्रपतिमा सहमति, जसपा र जनमत दुवैले उम्मेदवारी दिने

हिमाल प्रेस २७ फागुन २०७९ ११:०६ | Saturday, March 11, 2023
सत्ता गठबन्धनमा जुटेन उपराष्ट्रपतिमा सहमति, जसपा र जनमत दुवैले उम्मेदवारी दिने

काठमाडौँ- उपराष्ट्रपतिमा साझा उम्मेदवार तय गर्न बसेको आजको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन बनेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा जनमत पार्टी र जनता समाजवादी पार्टी (जसपा)ले अडान नछाडेपछि बैठक निष्कर्षविहीन बनेको हो। बैठकमा जनमत पार्टीले निर्वाचन आयोगको निर्देशनबारे ध्यानाकर्षण गराएको थियो। तर जसपा पछि नहटेपछि सहमति नभएको हो।

जनमतबाट ममता झाले उम्मेदवारी दिने छिन्। ‘निर्वाचन आयोगले महिला उम्मेदवार उठाउन अनुरोध गरेको छ,’ जनमतका अध्यक्ष सिके राउतले भने,‘त्यही अनुसार गरौँ भन्दा सहमति भएन।’

यता जसपाले भने रामसहायप्रसाद यादवलाई अघि सार्ने भएको छ। एमालेले समेत उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यलाई उठाउने भएको छ।

प्रकाशित: २७ फागुन २०७९ ११:०६ | Saturday, March 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast