सत्ता गठबन्धनका नेताबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल, भोलि पनि बैठक बस्ने

हिमाल प्रेस ८ चैत २०७९ १९:४४ | Wednesday, March 22, 2023
सत्ता गठबन्धनका नेताबीच मन्त्रिपरिषद् विस्तारबारे छलफल, भोलि पनि बैठक बस्ने फाइल तस्बिर

काठमाडौँ- सत्ता गठबन्धन दलका शीर्ष नेताबीचको बुधबारको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा मन्त्रिपरिषद्‌ विस्तारबारे छलफलको सुरुवात भएको छ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सहभागी थिए।

प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लका अनुसार शीर्ष नेताबीच मन्त्रिपरिषद्‌ विस्तार तथा गठबन्धनमा कसरी भागबन्डा लगाउने भन्नेबारे छलफल भएको थियो। नेताहरूबीच बिहीबार पनि छलफल हुनेछ।

चैत ६ गते ११ दलको समर्थनमा दोस्रोपटक प्रतिनिधिसभाबाट विश्वासको मत लिएसँगै प्रधानमन्त्री दाहाल मन्त्रिपरिषद्‌ विस्तारको तयारिमा लागेका हुन्।

सरकारमा कांग्रेसले १०, माओवादी केन्द्रले प्रधानमन्त्रीसहित ५, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले ३/३, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीले २/२, नेपाल समाजवादी पार्टी र आम जनता पार्टीले एक–एक मन्त्रालय दाबी गरिरहेका छन्। मन्त्रालय भागबन्डाको विषय भने निकै पेचिलो बन्ने देखिन्छ।

प्रकाशित: ८ चैत २०७९ १९:४४ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast