सत्तागठबन्धनको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र विश्‍वासको मतबारे छलफल

हिमाल प्रेस ४ चैत २०७९ १८:४८ | Saturday, March 18, 2023
सत्तागठबन्धनको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र विश्‍वासको मतबारे छलफल फाइल तस्बिर

काठमाडौँ– सत्ता साझेदार १० दलका शीर्ष नेताहरूको बैठक सम्पन्न भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकमा आइतबार संघीय संसद्मा पेस गर्ने विधेयकका बारेमा छलफल भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए।

बैठकमा सोमबार प्रधानमन्त्री प्रचण्डले लिन लागेको विश्वासको मतमा एकमतका साथ प्रस्तुत हुने सहमति बनेको प्रेस संयोजक शर्माले बताए।

बैठकमा मुलुकको समसामयिक राजनीतिक विषय र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको उनले जानकारी दिए।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका नेता शरतसिंह भण्डारी, जनमत पार्टीका अध्यक्ष सीके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु साह, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत शीर्ष नेताहरूको सहभागिता थियो।

राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनपछि मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल गर्न सत्तागठबन्धनको बैठक बसेको हो।

प्रकाशित: ४ चैत २०७९ १८:४८ | Saturday, March 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast