सडक बत्तीको महसुल भुक्तानी गर्न प्राधिकरणको निर्देशन

हिमाल प्रेस २३ फागुन २०७९ ७:४१ | Tuesday, March 7, 2023
सडक बत्तीको महसुल भुक्तानी गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल बक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको भन्दै तत्काल भुक्तान गर्न निर्देशन दिएको छ।

आज एक सूचना जारी गर्दै प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान नगर्न चेतावनी पनि दिएको छ । जडित सडक बत्तीको विद्युत् खपत मापन गर्न तत्काल मिटर जडान गर्न पनि प्राधिकरणले आग्रह गरेको छ ।

सूचनामा भनिएको छ, ‘सडक बत्तीको विद्युत् शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत् खपतको समेत महसुल भुक्तानी नहुँदा प्राधिकरणले ठुलो नोक्सानी व्यहोर्नुपरेको छ। सडक बत्तीको बाँकी बक्यौता विद्युत् महसुल शीघ्र भुक्तानी गरी दिनुहोला। प्राधिकरणको सहमति नलिई प्राधिकरणले विद्युत् लाइनबाट सडक बत्ती जडान नगर्नुहोला।’

 

प्रकाशित: २३ फागुन २०७९ ७:४१ | Tuesday, March 7, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast