संविधानको रक्षा पहिलो प्राथमिकता : रामसहाय यादव

हिमाल प्रेस ३ चैत २०७९ ११:२३ | Friday, March 17, 2023
संविधानको रक्षा पहिलो प्राथमिकता : रामसहाय यादव

काठमाडौँ- उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने बताएका छन्।

शुक्रबार उपराष्ट्रपतिका लागि मतदान गरिसकेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले संविधानको पालना गर्ने विषयलाई पहिलो प्राथमिकतामा राख्ने बताएका हुन्।

उनले नेपाललाई समतामूलक समृद्ध मुलुकको रूपमा विकसित गर्न आफ्नो भूमिका रहने बताए। ‘गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो। पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरूले मत दिएर मलाई जिताउनु हुनेछ,’ उनले भने।

१० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपति पदमा उम्मेदवार छिन्।

प्रकाशित: ३ चैत २०७९ ११:२३ | Friday, March 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast