संक्रमणकालीन न्यायसम्बन्धी विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्ध : मन्त्री शर्मा

हिमाल प्रेस १२ चैत २०७९ २१:०८ | Sunday, March 26, 2023
संक्रमणकालीन न्यायसम्बन्धी विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्ध : मन्त्री शर्मा फाइल तस्बिर।

काठमाडौँ– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्ध हुने बताएकी छन्।

आइतबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएकी हुन्।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमत हुनु शान्ति प्रक्रियाविरुद्धको कुरा भएको उनको भनाइ छ।

शान्ति प्रक्रियालाई मन नपराउने र शान्ति प्रक्रियालाई बेठिक ठान्नेहरूले यसको विरोध गरेको बताउनु भयो। उहाँले यो विधेयक विगतमा शान्ति सम्झौता गर्नेहरू सबैको साझा विषय भएको उनले बताइन्।

‘यो विषयलाई पूर्ण रूपमा असहमति भन्ने कुरा त शान्ति प्रक्रियाको विरुद्धको कुरा भयो। हामी शान्ति प्रक्रियाको विरुद्धमा कि समर्थनमा भन्दा त हामी शान्ति प्रक्रियाको समर्थनमा छौं। त्यसकारणले गर्दा पूर्ण रूपमा शान्ति प्रक्रिया मन नपराउने, शान्ति प्रक्रियालाई बेठिक छ भन्ने, शान्ति प्रक्रिया हुनुहुन्नथ्यो भन्ने शक्ति त कुनै हुन पनि सक्ला। कसैलाई लाग्न पनि सक्ला। तर आजको दिनमा संसदभित्र आउँदाखेरी हिजो सम्झौतामा बस्ने सबै राजनीतिक दलको साझा विषय हो,’ उनले भनिन्।

प्रकाशित: १२ चैत २०७९ २१:०८ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast