श्रीलंकाको आर्थिक स्थितिमा सुधार, इन्धनको मूल्यमा गिरावट

हिमाल प्रेस १५ चैत २०७९ २१:३५ | Wednesday, March 29, 2023
श्रीलंकाको आर्थिक स्थितिमा सुधार, इन्धनको मूल्यमा गिरावट

कोलम्बो- श्रीलंकाको आर्थिक स्थितिमा सुधार आएसँगै इन्धनको मूल्य घटेको छ। ऊर्जामन्त्री कञ्चना विजेसेकराले बिहीबार मध्यरातदेखि इन्धनको मूल्य घटाइने जानकारी गराए।

मन्त्री विजेसेकराका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ६० रुपया, डिजेल प्रतिलिटर ८० रुपया र मट्टितेल प्रतिलिटर १० रुपया घटाइनेछ। म्ूल्य घटेपछि उपभोक्ताले पेट्रोल प्रतिलिटर ३४० रुपया, डिजेल प्रतिलिटर ३२५ रुपया र मट्टितेल प्रतिलिटर २९५ रुपयामा पाउने छन्।

अन्तर्राष्ट्रिय मुद्रा कोषले ऋण स्वीकृत गरेसँगै इन्धन आपूर्तिकर्ताबाट प्रतिस्पर्धी मूल्य प्राप्त भएकाले इन्धनको मूल्य घटाउने निर्णय सरकारले गरेको ऊर्जामन्त्रीले बताए। साथै अमेरिकी डलरको तुलनामा श्रीलंकाली रुपैयाँ पनि सुदृढ भएको छ। गतवर्ष श्रीलंका आर्थिक संकटमा फसेपछि इन्धनको मूल्य दुई सय प्रतिशतले बढेको थियो। रासस/सिन्ह्वा

प्रकाशित: १५ चैत २०७९ २१:३५ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast