शैक्षिक क्षेत्र सुधारका लागि विश्व बैंकको १५ अर्ब ८४ करोड सहयोग

हिमाल प्रेस १२ चैत २०७९ १६:१२ | Sunday, March 26, 2023
शैक्षिक क्षेत्र सुधारका लागि विश्व बैंकको १५ अर्ब ८४ करोड सहयोग

काठमाडौँ- विश्व बैंकले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि १२ करोड डलर (१५ अर्ब ८४ करोड रुपैयाँ) सहयाेग गर्ने भएकाे छ।

विश्व बैंकको कार्यकारी बोर्ड बैठकले नेपालको विद्यालय क्षेत्र सुधार कार्यक्रमलाई उक्त रकम सहयोग गर्न स्वीकृत गरेको हो।

अनुदानमा उपलब्ध गराइने उक्त रकम स्थानीय तहमा विषयगत शिक्षकहरूका लागि केन्द्रित रहने विश्व बैंकको भनाइ छ।

विशेषगरी अंग्रेजी, गणित, र विज्ञानमा गुणस्तरीय शिक्षाका लागि उच्च-आधारभूत तह र माध्यमिक तहमा खर्च गर्नुपर्नेछ।

‘गुणस्तर शिक्षामा लगानी भनेको मानव पूँजीको विकासका लागि महत्त्वपूर्ण हो। जुन बृहत्तर समानता र आर्थिक वृद्धि सुनिश्चित गर्नमा केन्द्रित जान्छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जेर्भोसले भने।

उक्त सहयोगले नेपालको शैक्षिक गुणस्तर तथा समतामूलक पहुँच बढाउने नेपाल सरकारको योजनालाई मद्दत पुग्ने अपेक्षा गरिएको छ।

त्यस्तै विपन्न विद्यार्थीहरूलाई मद्दत गर्न कक्षा ६-८ (माथिल्लो आधारभूत तह)लाई लक्षित छात्रवृत्तिमार्फत पनि उक्त रकम परिचालन गर्न सकिने बैंकको भनाइ छ।

प्रकाशित: १२ चैत २०७९ १६:१२ | Sunday, March 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast