 
                             
                                            काठमाडौँ– नेकपा माओवादी धारका ९ राजनीतिक दलहरूले आवश्यक कानुन बनाई शान्ति प्रक्रियाका बाँकी काम पुरा गर्न सरकारसमक्ष अपिल गरेका छन्।
आइतबार काठमाडौँमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत संयुक्त अपिल जारी गर्दै माओवादी धारका ९ राजनीतिक दलहरूले आवश्यक कानुनहरू बनाई अविलम्व शान्ति प्रक्रियाका बाँकी कामहरू पुरा गर्न सरकारलाई अपिल गरेका हुन्।
दलहरूले विस्तृत शान्ति सम्झौता र नेपालको संविधानले द्वन्द्वकालीन घटनाहरूको निरूपण गर्ने जिम्मेबारी सत्य निरूपण तथा मेलमिलाप आयोगलाई दिएको भन्दै संवैधानिक व्यवस्थाभन्दा बाहिर जानु शान्ति सम्झौता विरुद्ध हुने बताएका छन्।
संयुक्त रूपमा अपिल गर्नेहरूमा नेकपा माओवादी केन्द्र, नेकपा (क्रान्तिकारी-माओवादी), नेपाल समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी र आम जनता पार्टी रहेका छन्।
यस्तै नेकपा (बहुमत), वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र माओवादी कम्युनिष्ट पार्टी, नेपाल पनि रहेका छन्। उनीहरूले कानुन परिमार्जनसहित आयोगलाई पूर्णता दिई शान्ति प्रक्रियाका बाँकी काम यथाशीघ्र पुरा गर्न सरकारसँग माग गरेका छन्।
९ दलले विस्तृत शान्ति सम्झौताका पक्षधर राजनीतिक दलहरू, नागरिक समाज एवम् आम समुदायलाई संक्रमणकालीन न्यायको पक्षमा ऐक्यबद्धताका लागि समेत अपिल
गरका छन्।
यस्तै विगतमा राज्यले विभिन्न राजनीतिक दलहरूसँग गरेका सहमति कार्यान्वयनका लागि पनि ससरकारसँग माग गरेका छन्।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 