वैदेशिक रोजगारमा रहेका नेपालीले आजदेखि स्वास्थ्य परामर्श सेवा पाउने

हिमाल प्रेस १५ चैत २०७९ ९:३१ | Wednesday, March 29, 2023
वैदेशिक रोजगारमा रहेका नेपालीले आजदेखि स्वास्थ्य परामर्श सेवा पाउने

काठमाडौँ- सरकारले विदेशमा रहेका नेपाली श्रमिकका लागि आजदेखि निःशुल्क ‘टेलिमेडिसिन’ सेवा सुरु गर्दैछ।

वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीको स्वास्थ्यसम्बन्धी समस्या समाधानका लागि यो सेवा सुरु गर्न लागेको हो।
यो सेवामार्फत विदेशी भूमिमा रहेका श्रमिकले टेलिफोनमार्फत आफ्नो स्वास्थ्यको समस्या तथा समाधानको उपायबारे चिकित्सकमार्फत जानकारी पाउने छन्।

वैदेशिक रोजगारमा रहेका नेपालीहरुले मोबाइल नम्बर ९८५१३–४५७०१ र ९८५१३–४५७०२ को भाइबर, हृवाट्सएप र इमेल वा सामाजिक सञ्जालबाट फोन गरी टेलिमेडिसिन सेवा लिन सक्नेछन्।

बिरामी परेका श्रमिकलाई विशेषज्ञ सेवा नै आवश्यक परेमा आइतबार र शुक्रबार विशेषज्ञ सेवा पनि उपलब्ध गराइने छ।

सेवा प्रवाहका लागि बोर्डले वीर अस्पतालसँग सम्झौता गरेको जनाएको छ। सेवा लिने श्रमिकका लागि ‘प्रेस्कृप्सन’ अनलाइनमार्फत उपलब्ध गराइने र यसको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने गरी व्यवस्था मिलाइएको वैदेशिक रोजगार बोर्डले जनाएको छ।

प्रकाशित: १५ चैत २०७९ ९:३१ | Wednesday, March 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast