 
                             
                                            काठमाडौँ- दक्षिण भारतीय अभिनेता रामचरण यतिबेला निकै चर्चामा छन्। उनी अभिनीत ब्लकबस्टर फिल्म ‘आरआरआर’ को गीत ‘नाटु नाटु’ले अस्कर अवार्ड पाएपछि उनको चर्चा चुलिएको हो।
धेरैले उनलाई ‘ग्लोबल आइकन’ का रूपमा हेर्न थालेका छन्। तिनै रामचरणले हालै भारतीय मिडियासँग कुराकानी गरेका छन्। अन्तरवार्तामा उनले आफूलाई खेलकुदमा आधारित फिल्ममा काम गर्न इच्छा रहेको बताएका छन्। ‘भारतीय क्रिकेटर विराट कोहलीको बायोपिकमा काम गर्न चाहन्छु,’ अन्तरवार्तामा उनले भने, ‘म विराटजस्तो देखिन्छु पनि।’
अभिनेताले त्यसो भनेपछि क्रिकेटर विराट कोहलीको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। जसमा उनी रामचरणको ‘नाटु नाटु’ गीतमा नाचिरहेका छन्।
                            प्रकाशित: ५ चैत  २०७९ १६:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 