 
                             
                                            काठमाडौँ– बत्तीसपुलतीस्थित शिल्पी थिएटरमा ‘विमोक्ष’ नाटक मञ्चन सुरु भएको छ। घिमिरे युवराजद्वारा लिखित पुस्तककै नामबाट तयार पारिएको नाटक मञ्चन गरिएको निर्माण टिमले जनाएको छ।
प्रवीण खतिवडाको निर्देशन रहेको नाटकमा सगुना शाह, घिमिरे युवराज, पवित्रा खड्का, सागर खाती कामीलगायत कलाकारको अभिनय छ।
मंगलबारबाहेक हरेक दिन बेलुका सवा ५ बजेबाट मञ्चन हुने नाटक चैत १८ गतेसम्म चल्नेछ। शनिबार भने दिउँसो साढे १ मा र बेलुका सवा ५ गरी दुई सो हुने जनाइएको छ।
विमोक्ष पुस्तकको विमोचन पनि बुधबार शिल्पी थिएटरमै गरिँदै छ।
दर्शक दीर्घाको सबैभन्दा अगाडिको टिकट खरिद गर्दा पुस्तक सित्तैमा पाइने पनि बताइएको छ।
                            प्रकाशित: १७ फागुन  २०७९ १४:४६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 