काठमाडौँ- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजित बुढा नेतृत्वको नेकपा माओवादी-समाजवादीबीच पार्टी एकता हुने भएको छ। लामो समय आन्तरिक छलफल गर्दे एकीकृत बन्न लागेका हुन्। कुनै समय माओवादीमै रहेका दुवै दल पार्टी मूलधारमा आएसँगै विभाजित बनेका थिए।
पार्टी एकताबारे जानकारी दिन आज दिउँसो २ बजे पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका प्रचार विभाग इन्चार्ज अनिल शर्माले जानकारी दिए। आज प्रज्ञा भवनमा आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टी एकताबारे शीर्ष नेताहरूले पत्रकारहरूसँग साक्षात्कार गर्ने शर्माको भनाइ छ।
प्रकाशित: १ चैत २०७९ ९:५८ | Wednesday, March 15, 2023
प्रतिक्रिया



