विद्युतीय गाडी प्रयोग गर्न कुलमानको आग्रह

हिमाल प्रेस २९ फागुन २०७९ १५:३३ | Monday, March 13, 2023
विद्युतीय गाडी प्रयोग गर्न कुलमानको आग्रह

काठमाडौँ- नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय गाडी प्रयोग गर्न आग्रह गरेका छन्। सोमबार काठमाडौँमा एक कार्यक्रममार्फत उनले उक्त आग्रह गरेका हुन्।

घिसिङले विद्युत्मा गरिएको लगानीसँगै विद्युत् खपत पनि बढाउने कार्ययोजना अनुसार विद्युतीय सवारी साधनहरू आइरहेका जानकारी दिँदै पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनभन्दा विद्युत्बाट चल्ने सवारी साधन कयौँ गुणा सस्तो पर्ने बताए।

त्यस्तै विद्युतीय सवारी साधनको प्रयोगले प्रदूषण पनि कम हुने भन्दै उनले विद्युतीय सवारीसाधन प्रयोग गर्नुको फाइदा मात्रै भएको उल्लेख गरे।

वातावरणीय र स्वास्थ्य सुरक्षाको दृष्टिले विद्युतीय सवारीसाधन नै उपयुक्त भएको उनको जिकिर थियो। उनले नेपालमा बर्खायाममा पर्याप्त विद्युत् रहेको भन्दै आगामी दुई वर्षभित्रमा हिउँदेयाममा पनि विद्युत् पुग्ने उनको भनाइ थियो।

प्रकाशित: २९ फागुन २०७९ १५:३३ | Monday, March 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast