विदेशमा रहेका नेपालीलाई बुधबारदेखि स्वास्थ्य परामर्श सेवा दिइने

हिमाल प्रेस १४ चैत २०७९ १८:५१ | Tuesday, March 28, 2023
विदेशमा रहेका नेपालीलाई बुधबारदेखि स्वास्थ्य परामर्श सेवा दिइने वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। फाइल तस्बिर : सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी

काठमाडौँ- वैदेशिक रोजगार बोर्डले विदेशमा रहेका नेपालीलाई स्वास्थ्य परामर्श सेवा दिने भएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले टेलिफोनमार्फत आफ्नो स्वास्थ्य समस्या तथा सामाधानका उपायबारे चिकित्सकबाट जानकारी पाउने भएका छन्।

टेलिमेडिसिन सेवा बुधबार (चैत १५ गते)बाट नै सुरु गरिने बोर्डले जानकारी दिएको छ। बोर्ड सचिवालयका सूचना अधिकारी राजन पौडेलले उक्त जानकारी दिए। ‘वैदेशिक रोजगार बोर्डको सचिवालयले टेलिमेडिसिन सेवा सुरु गर्न लागेको छ,’ उनले भने, ‘नेपालबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकाहरूलाई परेको कुनै पनि स्वास्थ्य समस्याबारे सेवा दिने उद्देश्यले सेवा सुरु गरेका छौँ।’

प्रकाशित: १४ चैत २०७९ १८:५१ | Tuesday, March 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast