लोसपाबाट शरतसिंह, उन्मुक्तिबाट रञ्जिता, नेसपाबाट महिन्द्र राय मन्त्री बन्दै

हिमाल प्रेस १७ चैत २०७९ १४:२२ | Friday, March 31, 2023
लोसपाबाट शरतसिंह, उन्मुक्तिबाट रञ्जिता, नेसपाबाट महिन्द्र राय मन्त्री बन्दै

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले शरत्‌सिंह भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ। भण्डारी श्रम, रोजगार तथा सामाजिक सूरक्षान्त्री बनेर आजै शपथ लिँदैछन्। सत्ता गठबन्धनमा लोसपाले एक मन्त्रालय पाएको थियो।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीबाट अध्यक्षसमेत रहेकी सांसद रञ्जिता श्रेष्ठ मन्त्री बन्ने भएकी छन्। उनी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बन्ने भएकी हुन्।

नेपाल समाजवादी पार्टीबाट महिन्द्र राय यादव मन्त्री बन्दैछन्। उनी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री बन्दैछन्। प्रधानमन्त्री पुष्पकमल दाहालले आज शुक्रबार पहिलोचरणमा मन्त्रिपरिषद्‌ विस्तार गर्दैछन्। नयाँ मन्त्रीहरूको शपथ आजै हुने बताइएको छ।

प्रकाशित: १७ चैत २०७९ १४:२२ | Friday, March 31, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast