लागूऔषधसहित दुईजना पक्राउ

हिमाल प्रेस १३ चैत २०७९ १२:५७ | Monday, March 27, 2023
लागूऔषधसहित दुईजना पक्राउ सांकेतिक तस्बिर।

काठमाडौँ- झापा र पर्साबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन्।

झापाको बिर्तामोड नगरपालिका ३ पुण्डरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय मिलिग्रामसहित इलाम चुलाचुली गाउँपालिका ४ बस्ने २७ वर्षीय सुरेश लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो। पर्साको कालिकामाई गाउँपालिका १ तिनदुविया गाउँ बस्ने ३८ वर्षीय वृजेशप्रसाद कुर्मीलाई अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब १० किलोसहित प्रहरीले पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो।

प्रकाशित: १३ चैत २०७९ १२:५७ | Monday, March 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast