रुपन्देहीको छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी

हिमाल प्रेस ५ चैत २०७९ १६:५७ | Sunday, March 19, 2023
रुपन्देहीको छपिया जनता कलेजमा नेविसंघको प्यानल नै विजयी

लुम्बिनी– रुपन्देहीको लिलाधर घिमिरे छपिया जनता कलेजमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघको प्यानल नै विजयी भएको छ।

आइतबार भएको स्ववियु निर्वाचनमा नेविसंघका सबै उम्मेदवार विजयी भएका हुन्। सभापति पदका उम्मेदार अभिषेक कुमार यादव, सचिव मुकेश नाउ, कोषाध्यक्ष विजयालक्ष्मी रानाभाट तथा सदस्यहरुमा निराजन गुराव, सरिता मल्लाह, दिपेन्द्र थारु र आशिष जैसवाल विजयी भएका हुन्।

नेविसंघको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमाले निकट अनेरास्ववियुका नेता बालकृष्ण पाण्डेले आफ्नो संगठन थोरै मतले पछि परेको बताए।

प्रकाशित: ५ चैत २०७९ १६:५७ | Sunday, March 19, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast