राष्ट्रपति पौडेलले वनकालीमा रोपे नागचम्पा

हिमाल प्रेस ८ चैत २०७९ १०:१४ | Wednesday, March 22, 2023
राष्ट्रपति पौडेलले वनकालीमा रोपे नागचम्पा

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित वनकालीमा वृक्षरोपण गरेका छन्। उनले वनकाली क्षेत्रमा आज नागचम्पा फूलको बिरुवा रोपेका हुन्।

वृक्षरोपण कार्यक्रमका सहयोगी तथा वन मन्त्रालयका पूर्वसचिव युवराज भुसालका अनुसार पौराणिक हिसाबले आज नयाँ वर्ष परेकाले वनकाली क्षेत्रमा वृक्षरोपण कार्यक्रम आयोजना गरिएको हो। नाग देवताको पूजा नागचम्पा सेतो फूलले गरिने तथा नाग प्रसन्न हुने जनविश्वास रहेकाले राष्ट्रपति पौडेलद्वारा उक्त फूलको बिरुवा राेपिएको उनले बताए।

गृह शान्ति, राष्ट्र शान्तिका लागि लुम्बिनीमा समेत राष्ट्रपति पौडेलद्वारा वृक्षरोपण गराइने योजना रहेको भुसालले जानकारी दिए।

प्रकाशित: ८ चैत २०७९ १०:१४ | Wednesday, March 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast