राष्ट्रपतिको निर्वाचनमा सुवास नेम्बाङको खर्च १६ हजार ५ सय

हिमाल प्रेस २६ फागुन २०७९ १४:०० | Friday, March 10, 2023
राष्ट्रपतिको निर्वाचनमा सुवास नेम्बाङको खर्च १६ हजार ५ सय

काठमाडौँ- राष्ट्रपतिको निर्वाचनमा हार व्यहोरेका सुवास नेम्बाङले १६ हजार ५०० रुपैयाँ मात्र खर्च भएको पेस गरेका छन्। आज निर्वाचन आयोगमा बुझाएको खर्च विवरणमा १६ हजार पाँच सय रुपैयाँ मात्र खर्च भएको देखाएको थियो।

खर्च विवरणमा मतदाताहरूलाई एसएमएस गर्दा १० हजार खर्च भएको र मसलन्दमा ६ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख छ। राष्ट्रपतिका उम्मेदवार नेम्बाङका निर्वाचन प्रतिनिधि महेशकुमार बर्तौलाले बुझाएका थिए।

नेम्बाङ एमालेबाट राष्ट्रपतिको उम्मेदवार भएका थिए। राष्ट्रपतिमा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल विजयी बने।

प्रकाशित: २६ फागुन २०७९ १४:०० | Friday, March 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast